८ मंसिर २०८१, शनिबार
बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ ।
आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो । यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ ।
आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली भेगमा भारतले ८ दशमलव २, बंगलादेशले ६ दशमलव ४ श्रीलंकाले २ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।