३१ बैशाख २०८३, बिहीबार
काठमाडौंको भृकुटी मण्डपमा हुने जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि शुरु हुने सो मेला जेठ ८ गतेसम्म चल्ने छ । सो एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेका अनुसार मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने बताइएको छ ।


आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहने छ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनले जनाएको छ। नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए