१ चैत्र २०८२, आईतवार
राप्रपाको महाधिवेशनमा पराजित भएपछि पार्टी नै छोडेर राप्रपा नेपाल गठन गर्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचनको मुखमा धक्का लागेको छ । उनको पार्टीको उपाध्यक्ष उद्धव पौडेलले पार्टी छोडेका छन् । आफनो पदबाट उनले बुधबार राजीनामा दिएका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले राजीनामा पत्र बुझाएका हुन्।
पौडेल राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।


तर उनले के कति कारणले राजीनामा दिए र अव उनको राजनीतिक यात्राका विषयमा केही खुलाइएको छैन । स्थानीय तह चुनावमा थापाले एमालेसँग चुनावी गठबन्धन गरेका छन् । थापाले आफना पार्टीका उम्मेदवारलाई एमालेको चुनाव चिन्हमै चुनाव लडाउने गरी एमालेसँग गठबन्धन गराएका हुन् । तर एमालेसँग गठबन्धन गरेपनि एमालेले राप्रपा नेपाललाई खास सिट भागवन्डा नदिएको गुनासो राप्रपा नेपालभित्र छ । त्यक्ति हुँदा पनि कमल थापा भने ओलीसँग टासिनकै लागि एमालेको चिन्ह्मा पार्टी उम्मेदवार उठाउने सहमतिमा पुगेको आरोप लागेको छ ।
राप्रपाले भने देशभर केही अपवाद स्थानमा वाहेक आफ्नो छुटटै उम्मेदवार उठाएको छ । पछिल्लो चरण कमल थापाको राप्रपा नेपालमा भन्दा राप्रपामै पूर्व पञ्चहरुको आकर्षण बढेको छ ।