१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धनबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । उनले एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।
उनले आफू महानगरपालिकामा मेयर भने सानो–सानो काम गरी महानगरबासीको जीवन परिवर्तन गर्ने धारणा व्यक्त गरेकी थिइन । उनले आफ्नो प्रतिबद्धतामा मूल रुपमा ७ वटा संकल्प गरेकी छन् । जुन यस प्रकारका छन् ।


१, सेवा र सुशासन ।
२, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा ।
३, स्वच्छ, सफा, दिगो र पर्यावरण ।
५, संस्कृति, सम्पदा र सभ्यता ।
६, सबल र सम्मुनत पूर्वाधार ।
७, सबल युवा, स्वावलम्बी महिला र सिर्जनशील महानगरबासी ।