कांग्रेस र माओवादी सधैं राष्ट्रवादको पक्षमा : महरा

होमल्याण्ड खबर

२०७९ बैशाख १५ गते, बिहीबार १५:०४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको बताएका छन् ।

प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्छ, मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धन विजयी हुनुपर्छ ।’

माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै उनले कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको बताए ।