त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा, नियमित परीक्षा भने नरोकिने

होमल्याण्ड खबर

२०७९ बैशाख १५ गते, बिहीबार १५:५३ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले जेठ १३ गतेसम्म वर्षे बिदा दिएको छ । सो विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको हो । त्रिवि कार्यकारी परिषद्‌ले वैशाख १४ बसेको बैठकले चालु शैक्षिक सत्र वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ ।