शनिबार पनि आरटीजीएस प्रणाली खुला रहने

होमल्याण्ड खबर

२०७९ बैशाख १६ गते, शुक्रबार १६:३५ मा प्रकाशित

शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणाली खुला हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै विका ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानीको लागि भोलि शनिबार पनि सो सेवा खुल्ला रहने जनाएको हो । तर, यस्तो सेवा विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र खुल्ला रहने बैंकले जनाएको छ ।