सशस्त्र र नेपाल प्रहरीका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

होमल्याण्ड खबर

२०७९ बैशाख १९ गते, सोमबार १०:२६ मा प्रकाशित

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंह र अर्यालले दर्ज्यानी चिन्ह लगाएका हुन् । महानिरीक्षक सिंह र अर्याललाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सरकारले आईतवार सिंह र अर्याललाई महानिरीक्षकमा बढुवा गरेको थियो । प्रहरी महानिरीक्षक छनोटमा वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् ।