एआईजी विश्वराज पोखरेलले गरे सर्वोच्चमा रिट दायर

होमल्याण्ड खबर

२०७९ बैशाख १९ गते, सोमबार १३:१६ मा प्रकाशित

आफूभन्दा जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै सोमबार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो । सिनियरलाई पाखा लगाउँदै आईजीपी नियुक्त गरिएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको विरोध गरिरहेका छन् ।