इद उल फित्रका अवसरमा सरकारले दियो सार्वजनिक बिदा

होमल्याण्ड खबर

२०७९ बैशाख १९ गते, सोमबार १६:३२ मा प्रकाशित

नेपाल सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनाका अनुसार इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।