अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १२:११ मा प्रकाशित

अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलवार उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका हुन् ।

यसअघि भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा एमाले प्रवेश गरेका थिए ।