एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १२:२९ मा प्रकाशित

एनसेल आजियाटा लिमिटेडले ‘पहिलो सिम’ योजना ल्याएको छ । एनसेलले यो योजना एसईई विद्यार्थीहरुका लागि ल्याएको हो । उक्त योजना एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नको लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

एनसेलले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० दिएका विद्यार्थीहरुका लागि विषेश अफर पहिलो सिम’ ल्याएको हो । यो योजना शुक्रबार वैशाख १६ देखि संचालनमा आएको छ । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबाको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्ने कम्पनीले जनाएको छ । कर सहित मात्र रु ४८ मा लिन सकिने यो सिमकार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल प्रयोग गर्नका लागि ४ जीबी डेटा हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्मको फाइदा लिन सक्ने जनाइएको छ ।

यसका साथै, पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्ने छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु।५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने बताइएको छ । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य हुनेछ ।