अब ‘सेल्फी स्टिक’ होइन, स्न्यापच्याटको नयाँ ‘उड्ने सेल्फी क्याम’

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १४:३३ मा प्रकाशित

स्न्यापच्याट निर्माता कम्पनीले अहिले मानिसहरुलाई बिना सेल्फी स्टिक टाढाबाट फोटो खिच्न नयाँ किसिमको उड्ने सेल्फी क्याम सार्वजनिक गरेको छ । स्न्यापको यो सानो पहेँलो ड्रोन सेल्फी क्यामलाई ‘पिक्सी’ नाम दिइएको छ ।

हाल यो ग्याजेट फ्रान्स र अमेरिकामा उपलब्ध छ जहाँ ड्रोन सम्बन्धी कडा नियम छैनन् । यसमा पिक्सी आफैँ सञ्चालनमा आउँछ, भिडियो तथा फोटोहरु खिच्दै जान्छ र पछि सबै डाटा वायरलेस रुपमा आफ्नो डिभाइसमा सार्न मिल्छ ।

साथै तस्बिर लिइसकेपछि अन्त्यमा यो हाम्रो हत्केलामा अवतरण गर्दछ । यो डिभाइस केबल १०१ ग्राम तौलको रहेको छ ।