त्रिभुवन विमानस्थलमा सर्चमा गर्दा कुनै शंकास्पद वस्तु भेटिएन

होमल्याण्ड खबर

२०७९ बैशाख २१ गते, बुधबार १२:१३ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा ज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हाे ।

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए ।

सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।