काठमाडौँमा गठबन्धनको चुनावीसभा सुरु

होमल्याण्ड खबर

२०७९ बैशाख २३ गते, शुक्रबार १५:५० मा प्रकाशित

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ ।

राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गठबन्धले देशव्यापी संयुक्त आमसभा गरिरहेका छन् ।

बिहीबार मात्रै गठबन्धनले चितवनको भरतपुरमा चुनावीसभा आयोजना गरेको थियो । काठमाडौँमा गठबन्धनकातर्फबाट प्रमुख पदका उम्मेदवारमा सिर्जना सिंह रहेका छन् । सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।