बाँकेमा माइत हिडेकी महिला बलात्कृत,टेम्पो चालक पक्राउ

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १०:४१ मा प्रकाशित

खजुरास्थित धनौली इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक प्रेम रेग्मीले बलात्कारपछि अचेत अवस्थामा फेला परेकी महिलालाई भेरी अस्पतालमा उपचारार्थ भर्ना गरिएको बताए । अहिले महिला होसमा आएकी छन् । माइत जान टेम्पो चढेकी महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।

राति १२ बजेसम्म आमा माइत नपुगेको थाहा पाएपछि खोजीमा निस्केका छोराले सिमलघारी नजिकै नेपालगन्ज गुलरिया सडक खण्डको ५० मिटर परको खेतमा फेला परेका थिए । छोराहरूले सडकमा रित्तो टेम्पो देखिएपछि वरपर खोज्दा आमालाई अचेत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि फरार रहेका टेम्पो चालकलाई बर्दियाको बढैया गाउँपालिकाको सितापुर गाउँमा एक ‍बासिन्दाको घरमा लुकेर बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको जिल्ला कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।