पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १६:२५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार दुई सय १० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर दुई सय एक जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय  ५२ जनाको मृत्यु भएको छ।