२ चैत्र २०८२, सोमबार
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘प्रेम’ धेरै समय नटिक्ने दावी गरेका छन् ।
‘केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ, मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो, कति प्यारो प्रेम बसेछ प्रचण्डजीमाथि’ उनले भने ।


उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले भने, ‘आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ ।