चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

होमल्याण्ड खबर

२०७९ बैशाख २६ गते, सोमबार ११:३० मा प्रकाशित

स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले बताए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले बताए ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ ।

आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।