कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

होमल्याण्ड खबर

२०७९ बैशाख २६ गते, सोमबार १४:०८ मा प्रकाशित

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ ।

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए ।  मृतकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए ।