३१ बैशाख २०८३, बिहीबार
चितवनको भरतपुरस्थित कांग्रेस कार्यकर्ता अनिल परियारको हत्या भएको स्थलमा गोलीका खोका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनास्थलमा गोलीका दुई वटा खोका पनि भेटिएको हो ।
उनको हत्या छुरा प्रहारबाट भएको देखिएपनि घटनास्थलमा गोलीका खोका फेला परेको हो। पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने एसपी अधिकारीले बताए । ‘गोलीका दुई वटा खोका पनि भेटिएको छ । यस बारे पनि हामीले अनुसन्धान गर्दैछौं’, एसपी अधिकारीले भने, ‘उनलाई गोली प्रहार भएको हो कि होइन भन्ने पोष्टमार्टमपछि खुल्नेछ ।’


यसैबीच हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धतापछि आफन्त पोष्टमार्टम गर्न सहमत भएका छन् । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै बिहान कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए। सहमतिपछि अनिलको शव चितवन मेडिकल कलेजबाट निकालेर भरतपुर अस्पताल लगिएको छ ।