पोखरामा गठबन्धनको अग्रता निरन्तर, एमालेका थापा दुई सय मतले पछि

होमल्याण्ड खबर

२०७९ जेष्ठ १ गते, आईतवार १०:३२ मा प्रकाशित

पोखरा महानगरपालिकाको पछिल्लो मतगणाना अनुसार गठबन्धनले एमालेलेलाई दुई सय मतले पछि पारेको छ ।

गठबन्धनबाट नेकपा एसका उम्मेदवार धनराज आचार्यले ९ सय २ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ सय ३ मत पाएका छन् । थापा, आचार्यभन्दा दुई ससय मतले पछि रहेका छन् ।

त्यसतै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ७ सय १७ मत ल्याउकी छन् । रानाभाटलाई पछ्याएकी एमाले उम्मेदवार मन्जु गुरुङले ५ सय ८३ मत पाएकी छन् ।

पोखरामा नेकपा एमाले र नेकपा एसबिच अस्तित्वको लाडाइँ रहेको छ ।