भरतपुरमा वडा नम्बर १ को मतगणना सकिँदा यस्तो आयो परिणाम

होमल्याण्ड खबर

२०७९ जेष्ठ १ गते, आईतवार ११:०२ मा प्रकाशित

भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ ।

उक्त वडाको ३२७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले १२०८ मत पाएकी छन्। एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत ल्याएका छन्।

बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको ४३० मत आएको छ। उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत र राप्रपाकी हिमला गुरूङले ८७७ मत पाएका छन्।

वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन्। उनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराएका छन्।मतगणना जारी छ।