भरतपुरमा रेनुको अग्रता कायम

होमल्याण्ड खबर

२०७९ जेष्ठ १ गते, आईतवार १३:३७ मा प्रकाशित

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । ४ हजार ४ सय २३ मत गणना हुँदा रेनुले १ हजार ६ सय ११ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याएका छन् ।

जगन्नाथ पौडेलले भने ५३७ मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १ हजार ७ सय ७५ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १ हजार २ सय ४२ मत प्राप्त गरेकी छन् ।