टोखा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापा र उपमेयरमा मुरारी तामाङको अग्रता

होमल्याण्ड खबर

२०७९ जेष्ठ २ गते, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार दिएकी युवा नेतृ रजनी थापाले आफ्नो अग्रता कायम राखेकी छन् । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै मुरारी तामाङ अगाडि छन् ।

थापाले पछिल्लो मत परिणाम अनुसार ५ हजार १ सय १२ मत ल्याएर आफुलाई अग्रस्थानमा राखेकी छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका निवर्तमान मेयर समेत रहेका प्रकाश अधिकारीले ४ हजार ८ सय ९२ मत ल्याएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले ८ सय ३१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

उपमेयरमा पनि नेपाली कांग्रेसका मुरारी तामाङले ५ हजार ४३ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।नेकपा एमालेकी ज्ञानमाया डंगोलले ४ हजार ६ सय २९ मतका साथ तामाङलाई पच्छ्याइरहेकी छन् ।