२ चैत्र २०८२, सोमबार
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको वडामा उनको आफ्नै पार्टी पराजित भएको छ।
नेता महतोको घर रहेको सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगंजको वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।


पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोको वडामा कांग्रेसका शम्भुप्रसाद शाह तेली ६ सय १२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५ सय ४४ मत प्राप्त गरेका छन्।