बालेन साह पुगे ललितपुरको मतगणनास्थल

होमल्याण्ड खबर

२०७९ जेष्ठ ४ गते, बुधबार १२:३९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी बालेन साह प्रतिनिधिका रुपमा ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।

ललितपुर महनगरपालिका वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् ।

ललितपुरमा उनले कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन लगायतसँग कुराकानी गरेका थिए ।