२ चैत्र २०८२, सोमबार
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् ।नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे ।


कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजगार र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ ।