एमालेलाई हराएर एकीकृत समाजवादीले जित्यो मेयर

होमल्याण्ड खबर

२०७९ जेष्ठ ५ गते, बिहीबार १०:५३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् ।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए ।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् ।