विवेकशीलले गाउँपालिका प्रमुखमा खाता खोल्यो

होमल्याण्ड खबर

२०७९ जेष्ठ ५ गते, बिहीबार ११:१९ मा प्रकाशित

 विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ ।

विवेकशीलले अहिलेको स्थानीय तह निर्वाचनमा पालिकामा विजयी भएको यो पहिलो हो ।

पालिका प्रमुखमा रुस्तम अन्सारी र उपप्रमुखमा निलम साह विजयी भएको पार्टीले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ र ६ मा क्रमशः प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।