सिंहदरबार भित्र रुखको हाँगो भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु

होमल्याण्ड खबर

२०७९ जेष्ठ ५ गते, बिहीबार ११:३१ मा प्रकाशित

सिंहदरबार स्थित राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु भएको छ । बुधवार साँझ हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर २७ वर्षीय सूचक विजय कार्कीको मृत्यु भएको हो ।

पाल्पाको रम्बा गाउँपालिका–५ घर भएका कार्कीलाई हाँगाले लागेपछि उपचारका लागी बानेश्वर स्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा क्यान्टिनबाट खाना खाएर निस्कँदै गर्दा हावाहुरीको कारणले भाँचिएको हाँगोले लागेको थियो । कार्कीको शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।