२ चैत्र २०८२, सोमबार
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेकी कन्दकला राना निर्वाचित भएकी छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

