कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १६:५८ मा प्रकाशित

 नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।