काठमाडौं महानगर: ४१ हजार २७९ मतका साथ बालेनको अग्रता कायम

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १७:१४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ४१२७९ मतका साथ उनी शीर्ष स्थानमा रहेका छन् ।

उनलाई गठबन्धनकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । सुरुमा बालेनपछि दोस्रो स्थानमा स्थापित थिए तर पछिल्लो मतपरिणाममा स्थापित सिर्जनापछि धकेलिए ।

हाल प्राप्त मतगणनाअनुसार बालेनले ४१२७९ मत पाएका छन् भने सिर्जनाले २३८५५ र स्थापितले २३०२४ मत पाएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७९६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२९३ मत पाएका छन् ।