धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज लौरोबाट विजयी

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १७:२९ मा प्रकाशित

 धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् ।

३९ वर्षीय राई कांग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् ।