३१ बैशाख २०८३, बिहीबार
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ भने डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

