नेपाली कांग्रेसले सानेपामा पत्रकार सम्मेलन गर्दै

होमल्याण्ड खबर

२०७९ जेष्ठ ९ गते, सोमबार १२:५९ मा प्रकाशित

नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।