९ मंसिर २०८१, आईतवार
सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ ।
साताको पहिलो कारोबार दिन आज ३४.२१ अंकले झरेको बजार २२ सय दशमलव.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । आज सबै उपसमूहको मूल्य घटेर राताम्य भएको छ ।
सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । आज कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।