भरतपुर महानगरवासीलाई निराश हुन दिने छैन : मेयर रेणु

होमल्याण्ड खबर

२०७९ जेष्ठ १० गते, मंगलवार १४:२४ मा प्रकाशित

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताएकी हुन्।

आफूले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको भन्दै उनले भनिन्, ‘यसपटक मैंले सोचेको भन्दा राम्रो मत पाएकी छु । योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनको भनाइ छ ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार एमालेका विजय सुवेदीलाई झण्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै माओवादी उम्मेदवार दाहाल भरतपुरको मेयर निर्वाचित भएकी हुन् ।