योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

होमल्याण्ड खबर

२०७९ जेष्ठ १० गते, मंगलवार १७:०१ मा प्रकाशित

राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी हुन् ।

साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने उनले जानकारी दिइन् ।