९ मंसिर २०८१, आईतवार
सेयर बजार सूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४।३७ अंकले बढ्दै नेप्से २२३१।५७ अंकमा उक्लिएको हो ।
आज ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २।४२ अंकले बढ्दै ४३५।०९ अंकमा पुगेको छ । तर समग्रमा १४ अंक माथिले नेप्से बढेको यस दिन कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ । अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ ।