८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई केन्द्रीय बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् ।