बागमती प्रदेशसभा बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ जेष्ठ १३ गते, शुक्रबार ११:०६ मा प्रकाशित

बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। गत चैत ८ गते बसेको प्रदेशसभा बैठकपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो।

मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए। सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

करिव ६४ दिनपछि बागमती प्रदेशसभाको १०औं अधिवेशन बैठक आज बस्ने तय भएको हो। प्रदेशसभामा आज दुई वटा बैठकहरू सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।