९ मंसिर २०८१, आईतवार
शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५।८२ अंकले घट्दै २२ सय २३।७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३।४० अंकले घट्दै ४३३।०७ अंकमा झरेको छ ।
यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १।३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १।१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १।७९ प्रतिशतले घटेको छ । यद्यपि, यस दिन होटल तथा पर्यटन समूहको उपसूचक भने ०।०८ प्रतिशतले बढेको छ ।
१५ अंकले घटेको बजारमा आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।