देशमा जहाँ पनि युवाको लहर

होमल्याण्ड खबर

२०७९ जेष्ठ १३ गते, शुक्रबार १६:३५ मा प्रकाशित

लामो समय देखी फुटबलको क्षेत्रमा काम गर्दै आएका साथै C Division को अध्यक्ष समेत रहेका व्यक्ति हुन् दवा लामा । उनी नेपालकै कान्छो अखिल नेपाल फुटबल संघको केन्द्रिय सदस्य समेत रहेका छन् ।

आसन्न असार ६ गते हुनगइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ औं साधारणसभा तथा केन्द्रिय निर्वाचनमा उपाध्यक्ष पदको प्रत्याशी श्री दावा लामा ज्यु द्वारा सातदोबाटो स्थित एन्फा रहेको निर्वाचन समितिको कार्यालयमा पुगि उपाअध्यक्ष पद का लागि उम्मेदवार दिएका छन्। पंकज विक्रम नेम्वाङ ज्यु को समुह बाट उपाध्यक्ष पदको लागी आफ्नो मनोनयन दर्ता गरेका हुन्।

खेलकुदमा युवाको भुमिका निर्वाह गर्नका निमित नेपालि फूट्बललाई सबै नेपालिको साझा फुलबारि बनाउनको निमित युवामा राम्रो छबि साथै एउटा उदेश्य बोकेको युबा हुन दवा लामा ।फूटबल प्रेमि पृय दाजु दावा लामालाई सबै फूटबलले संघका साथीहरूले साथ र सहयोग गरि जिताउने अपेक्षा राखेका छन् । उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।