३० बैशाख २०८३, बुधबार
पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयरको जहाजको खोजी भइरहेको छ ।
सम्पर्कविहीन जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसामा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।


मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि सो सूचना पाएको तर पुष्टि भइनसकेको बताए ।
तारा एयरको ९ एन–एईटी कलसाइनको जहाज पोखरा विमानस्थलबाट आज बिहान ९ः५५ मा मुस्ताङको जोमसोम उडेको थियो । जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र३ जना चालक दलका सदस्य गरी जम्मा २२ जना रहेको तारा एयर स्रोतले जनाएको छ ।
उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए ।