८ मंसिर २०८१, शनिबार
चाबहिल चुच्चे पार्टीस्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीले ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरका कारण भीड बढेको मोबाइल हबले जनाएको छ । यसका साथै मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने हबले जनाएको छ । पहिलो वार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपैयाँदेखि १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्रान्डका मोबाइल उपलब्ध छन् । जस्तोसुकै पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन सकिने मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ ।
अफरभित्र पनि अफरसहित चलिरहेको मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । मोबाइल मेलामा जुनसुकै ब्रान्डका मोबाइल शून्य प्रतिशत डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
ग्राहकले मोबाइलको ब्रान्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्रान्डका मोबाइलहरू शून्य प्रतिशत डाउन पेमेन्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ । एउटा किन्दा अर्को सित्तैमा पाइने योजना २९ हजार ९ सय ९९ रुपैयाँ पर्ने लेनोभोको के फाइभ नोट र २० हजार ९ सय ९९ रुपैयाँ पर्ने जेटीई एस सेभेन किन्दा २ वटा भिआर बक्स पनि निःशुल्क पाइनेछ । त्यसैगरी ९ हजार ९ सय ९९ रुपैयाँ पर्ने जेटीई आई फाइभ प्लस मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइनेछ । अरू विभिन्न मोडलका मोबाइलमा पनि यो अफर लागू हुने मोबाइल हबले जनाएको छ । ९ हजार ९९९ मा वाई वान गेट वान फ्रि र अरू थप मोबाइलहरू छन् ।