३० बैशाख २०८३, बुधबार
पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयरको जहाजमा २२ जना रहेको पुष्टि भएको छ ।


पोखरा विमानस्थलबाट आज बिहान ९ः५५ मा जोमसोम उडेको ९ एन–एईटी कलसाइन जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ जना चालक दलका सदस्य गरी जम्मा २२ जना रहेको तारा एयर स्रोतले जनाएको छ ।
बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
तारा एयरमा यी १९ यात्रु थिए
युवे विल्नर
रितिका त्रिपाठी
धनुष त्रिपाठी
अकोश कुमार त्रिपाठी
तुलसा देवी तामाङ
सुकुमाया तामाङ
राममाया तामाङ
मकरबहादुर तामाङ
प्रकाश सुनुवार
रोजिना श्रेष्ठ
रश्मी श्रेष्ठ
रविना श्रेष्ठ
गणेशनारायण श्रेष्ठ
बसन्त लामा
माइक ग्रीट ग्य्राफ
राजन कुमार गोले
पुरुषोत्तम गोले
इन्द्रबहादुर गोले
वैभवी बान्डेकर
चालक दल
क्याप्टेनः प्रभाकर घिमिरे
उत्सव पोखरेल
किस्मी थापा