३० बैशाख २०८३, बुधबार
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा भेटिएको छ । विमानमा सबै यात्रुको मृत्यु भएको सेनाले जनाएको छ। सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान दुक्राटुक्रा भएको अवस्थामा फेला परेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको थियो । आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिएपनि आइतबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

