३० बैशाख २०८३, बुधबार
पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन सुरू भएको छ। आज बिहान हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएपछि उडानहरु अवरुद्ध बनेको थियो ।
विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पेरिमिटर रोडको नजिकै पल्टिएको ट्यांकर हटाइ सकिएको जानकारी दिए। उनका अनुसार पल्टिएको ट्यांकर हटाएपछि विमानस्थल खुलेको छ । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिएको छ।

